बारेकोटका पहिरो पिडितलाई अमेरिकामा बस्ने नेपालीहरुले गरे आर्थिक सहयोग

जाजरकोट, बारेकोट गाउँपालिकाका पहिरो पिडितहरूलाई अमेरिकामा बस्ने नेपालीहरूले आर्थिक सहयोग गरेका छन । अमेरिकाको नासो कम्युनिटी नामक संस्था मार्फत उनिहरूले  प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएका हुन ।

गत असाढ २५  को अबिरल बर्षाका कारण बारेकाटमा पहिरो गएको थियो । उक्त पहिरोमा ज्यान गुमाउने परिवारका सदस्य किसन सार्की र तुले सार्कीलाई अमेरिकामा बस्ने नेपालीहरुको संस्था नासो कम्युनिटी नामक संस्थाले प्रती परिवार नगद रु ५५ हजार ७ सय अठहत्तर सहयोग उपलब्ध गराएको हो  ।

उक्त सहयोग रकम बारेकोट गाउपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले किसन सार्की र तुले सार्किलाइ हस्तान्तरण गरेको पत्रकार तिर्थराज बोहराले जानकारी दिएका छन । पत्रकार बाेहराका अनुसार शो रकम बारेकोट गाउँपालिकाका कम्प्युटर अपरेटर सुरेन्द्र खत्रीको समन्वयमा संस्थाका सल्लाहकार कमल नेपालले नेपाल पठाएका हुन  ।

उक्त पहिरोमा परी किसन सार्किका बुवा गोपाल सार्की, बहिनी लक्ष्मि सार्की र भाइ अर्जुन सार्कीले ज्यान गुमाएका थिए भने अझैसम्म उनकाे आमाको लास भेट्टिएको छैन ।

पहिरोमा परि तुले सार्किको श्रीमति ,२ छोरी र १ छोराले ज्यान गुमाएका थिए ।अब सन्तानको रुपमा उनि संङ्ग १ मात्र सानो छोरा रहेको बताइएको छ । उनिहरु अहिले जङ्गलमा पाल टागेर बस्न वाध्य भएका छन ।

बारेकोट गाउँपालिका वडा नं ४ स्थित सार्की टोलमा गत असार २५ गते गएको पहिरोमा परि १२ जनाले ज्यान गुमाएका थिए ।