अन्ततः विभाजनको संघारमा नेकपा

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र विगत डेढ महिनादेखि जारी विवाद समाधान हुन नसक्ने दिशामा पुगेको छ । प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आ–आफ्नै अडान कायमै रहँदा पार्टी विघटन हुन सक्ने सम्मको तयारी नेकपाभित्र सुरु भएको हो ।

पार्टी अध्यक्षद्धय ओली प्रचण्डबीच वार्ता जारी रहेकै बेला बुधबार अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको कार्यशैलीमा सुधार नआएको निष्कर्ष निकालेका थिए ।

चार शीर्ष नेताले पार्टी अध्यक्ष ओली माथि कडारुपमा टिप्पणी गरेपछि जारी विवाद समाधान गर्न सुरु भएको ओली प्रचण्डको वार्ता नै अन्योलमा परेको छ । बुधबारका लागि तय भए पनि प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओलीले चासो नदिएपछि रोकिएको छ ।

चार नेताले आफू निकट पत्रकारलाई बोलाएर ओलीको कार्यशैलीमा परिवर्तन नआएको र बारम्बार रुपान्तरणका लागि कोशिस गर्दा पनि असफल भएको अभिव्यक्तिसहित सहमति नभएको अवस्थामा बहुमतीरय ढंगबाट भए पनि निर्णय गरेर अगाडि बढ्ने निष्कर्ष निकालेका थिए । नेपाल समाचारपत्रबाट