मुख्य समाचार Archive

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं, राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा घिमिरेको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि

पचालझरनामा कुनैपनि प्रकारका सामुहिक कार्यक्रम गर्न नपाइने

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा कोभिड १९ को महामारी रोकथामका लागि कुनैपनि प्रकारका सामुहिक भेला गर्न नपाइने बताइएको छ । कोरोना भाइरस संक्रमणले ब्यापक रुप लिइरहेको बेला कुनैपनि भेला,गोष्ठि तथा जमघट गर्न नपाइने भएको हो । मंगलबार

देशभर ११८ जना कोरोना संक्रमित आईसीयूमा, ८ जना भेन्टिलेटरमा

काठमाडौ, देशभर ८ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको हो। संक्रमित सबैको बागमती प्रदेशमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

अध्यक्ष तिमिल्सिना र रसियन राजदूत नोभिकभबीच शिष्टाचार भेट

काठमाडौं, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभ ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा मंगलबार भएको भेटमा दुई देशको कूटनीतिक सम्बन्ध, संसदीय सम्बन्ध, कोरोना प्रभाव, पूर्वाधार विकास, व्यापार र लगानीको

कञ्चनपुरमा बँदेलको आक्रमणबाट चार घाइते

कञ्चनपुर,  कञ्चनपुरको बेदकोट नगरपालिका–१० पथरीयामा आज जङ्गली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको बँदेलको आक्रमणबाट कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ५० वर्षीय भोजबहादुर सार्की, १८ वर्षीय गुलसन सुनार, ४५ वर्षीय चैते

पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद थापाको प्रधानमन्त्रीलाई ७ बुदें पत्र

काठमाडौं, पूर्वस्वस्थ्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाको हटस्पटमा दुई साता जनस्वास्थ्य आपतकाल घोषणा गर्न सरकारलाई सुझाएका छन । मंगलबार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीललाई सम्बोधन गरी ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै यस्तो सुझाएका

किराना पसल चलाउने एकै परिवारका ८ जनामा कोरोना पुष्टि

सप्तरी,  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण फेला परेको छ । वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हुनमाननगर कंकालिनी नगरपालिकाका मेयर

चार जिल्लामा कोरोना संक्रमितको संख्या सुन्य

काठमाडौं, मंगलबार नेपालको चार जिल्लामा कोरोना संक्रमितको संख्या शून्य छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार अनुसार मनाङ, मुस्ताङ, हुम्ला र डोल्पामा सक्रिय कोरोना संक्रमित छैनन्। त्यसैगरी काठमाडौं, पर्सा, रौतहट, महोत्तरी र मोरङमा ५०० भन्दा बढी सक्रिय

काठमाडौं उपत्यकामा २०५ सहित मंगलबार नेपालमा १०१६ कोरोना संक्रमित

काठमाडौं ,आज मंगलबार मात्रै नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।यो संगै नेपालमा संक्रमित हुनेको कुल संख्या २८ हजार २५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलवार आयोजित नियमित पत्रकार सम्मेलनमा

प्रदेश १ मा आज १३९ जना कोरोना संक्रमित ,अहिलेसम्मकै उच्च

विराटनगर, प्रदेश १ मा आज मंगलबार १३९ जना कोरोना संक्रमितपुष्टि भएको छ । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो।मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना