मुख्य समाचार Archive

काठमाडौँ महानगरका विद्यालय तत्काल नखोलिने

काठमाडौं, काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक

घाँटीमा तार बेरिएको अवस्थामा एक युवक मृत फेला

महेन्द्रनगर, कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृत अबस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी

बर्दिबास घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं, गृह मन्त्रालयले बर्दिबास घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । घरआँगन वरपर नै खेलिरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुन आइतबार साँझ बेपत्ता भएकी थिइन् । खोजीको क्रममा सोमबार

विप्लव नेकपाको गतिविधि बढेको आशङ्कामा गाउँगाउँमा सुरक्षा गस्ती

हुम्ला, पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले

प्रधानमन्त्री केपी ओलीकै संरक्षणमा भ्रष्टाचार

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’

गुल्मीमा जिप दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

गुल्मी, गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा केहिबेरअघि मृत्यु भएसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको हो । यसअघि

थपियो यी आठ भाषा, अब नेपालमा भाषाको संख्या १३१ पुग्यो

काठमाडौं,  नेपालमा विभिन्न आठ वटा नयाँ भाषा थपिएको छ । भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लगाएको हो । योसँगै नेपालमा बोलिने भाषाको संख्या अब १३१ पुगेको छ । जनगणना २०६८ को

भतिजको कुटाइबाट काकाको मृत्यु

जलेश्वर,महोत्तरी जिल्लाको मनरासिस्वा नगरपालिका–१ मा गए राति भतिजको कुटाइबाट गम्भीर घाइते काकाको मृत्यु भएको छ ।मनरासिस्वा नगरपालिका–१ बस्ने ६० वर्षीय खेलावन मण्डलको भतिजको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए । बिहीबार

सुदूरपश्चिमका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

कञ्चनपुर, सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६–७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन्

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

उदयपुर, पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु