मुख्य समाचार Archive

ट्रम्पविरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह

वासिङट्न, अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका छन् । महाभियोगको प्रतिरक्षाका लागि आवश्यक गृहकार्य गर्न ट्रम्पका वकीलहरुलाई समय

केही महिनामै कोरोनालाई पराजित गर्नेछौँः प्रधानमन्त्री ओली

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनामै कोरोनालाई पराजित गर्ने बताएका छन् । १४ माघबाट खोप अभियान सुरु गरेर कोभिड परास्त अभियानको सुरुवात गरिने उनको भनाइ रहेको छ ।  सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसको अवसरमा

लोकगीतमा प्रगतिशीलता भन्ने अन्तक्रियात्मक गोष्ठि सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा र हर्कबहादुर शाही स्मृति फाउण्डेसनको सह-आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धार्थ बहुउद्देश्यीय सहकारीको सभाहलमा उक्त

नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ३०२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३०२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको

कर्मचारी सरुवासम्बन्धी मापदण्ड स्वीकृत गर्ने कर्णाली प्रदेशको निर्णय

सुर्खेत, कर्णाली प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीहरुको सरुवा काजसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको हो ।  त्यस्तै जुम्लाको तिला गाउँपालिकाको वडा संख्या

संवैधानिक इजलासमा १० अधिवक्ताले गरे बहस

काठमाडौं, संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा आजको बहस सकिएको छ। शुक्रबार रिट निवेदनको तर्फबाट १० अधिवक्ताले बहस गरेका छन् । शुक्रबार अधिवक्ताहरु नारायण प्रसाद तिमिल्सिना, गुणराज घिमिरे, उमेशप्रसाद साह, डा राजुप्रसाद चापागाई, शैलेन्द्रकुमार दाहाल, शालिकराम

ओलीसँग साइबर सेना मात्रै बाँकी छः घनश्याम भुसाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको हार निश्चित रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेता भुसालले अहिले ओलीसँग साइबर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव पेश

काठमाडौं, बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ।  प्रतिनिधिसभा विघटनपछि राजनीतिक रुपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनौपचारिक रुपले विभाजित भएपछि मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका सांसदले सभामा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।  नेकपाका

काठमाडौंमा प्रचण्ड-माधव पक्षको शक्ति प्रदर्शन

काठमाडौं,संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट समेत कार्यकर्ता उतारेर प्रचण्ड–माधव पक्षले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,

सूर्य चिन्ह ल्याउने म यहाँ जीवितै छुः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले आफूले ५० वर्षे सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले हैरानी मात्र दिएको बताएका छन् । प्रतिनिधि सभा विघटनविरूद्ध आज काठमाडौंमा आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ५० वर्षसम्म