मुख्य समाचार Archive

औषधिमा उपभोक्तामाथि ब्रह्मलुट, व्यवसायी मालामाल
नेपाली औषधि बजारमा व्यापक कालाबजारी बढेको छ । शून्य भन्सारबाट आयात हुने औषधिमा आयातकर्ताले मनलाग्दो मूल्य निर्धारण गर्दा उपभोक्ताहरू चर्को मूल्य तिर्न बाध्य भएका छन् । बाहिरी देशहरूबाट आयात हुने औषधिमा आयातकर्ताहरूले मनपरी तरिकाले मूल्य निर्धारण

नेपाली गैंडाको सुरक्षामा भारतका कर्मचारी परिचालन
पालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन्। रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी

रुखको फेदमा भेटियो मानव कंकाल
काभ्रे – पनौती नगरपालिका ८ स्थित इन्द्रेश्वर थम्पु सामुदायिक वनमा मानव कंकाल भेटिएको खबर आजको कान्तिपुरमा छ । रुखको फेदमा ककांलसँगै जिन्स पाइन्ट, लाइटर, मोबाइल र इयरफोन भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए

इन्डियाभन्दा ठूलो आइडिया
एकदिन बादशाह अकबरले राजसभा बोलाएर भारदारहरुलाई प्रश्न गरे– ‘ल भन दिल्लीमा कागको संख्या कति होला ?’ बादशाहको अनपेक्षित जिज्ञासाले सबै अक्क न बक्क परे । कागको संख्या गन्नुको कुनै प्रयोजन नै नभएकाले कसैलाई हेक्का नहुनु स्वाभाविकै

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई मतपत्र
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ।प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने

अकुत सम्पत्तिमाथि अख्तियारको छानबिन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति (अकुत) आर्जनमा करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । अख्तियारले यतिबेला गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था

भारतबाट काठ तस्करी : नियन्त्रण गर्न धौ-धौ
कपिलवस्तु – सीमावर्ती भरतको बलरामपुर जिल्लास्थित सुहलेवा वनबाट डेढ महिनायता नेपालतर्फ सिसौ काठको तस्करी बढेको छ । तस्करले सीमापारीबाट ल्याएका काठ जिल्लास्थित व्यवसायीलाई बिक्री वितरण गरिरहेको खुलेको छ । सीमास्थित अर्ररा नदी तरेर राति उनीहरुले सिसौका

जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ
सल्यान – दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या

पाँच वर्षभित्र हराएका सीमास्तम्भ पुनर्निर्माण सक्न नेपाल-भारत सहमत
पाँच वर्ष भित्र सीमा स्तम्भ पुनर्निर्माण र हराएका स्तम्भहरुको निर्माण सक्न नेपाल–भारतका अधिकारीहरु सहमत भएका छन् । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि कात्तिक १५ गतेदेखि सीमा क्षेत्रको स्थलगत अध्ययन गर्न नेपाल—भारत सहमत भएका छन् ।

आयल निगमकाे बेथिती : प्रधानमन्त्री र सांसदलाइनै टेरेन आपुर्ति मन्त्रालयले
नेपाल आयल निगमको जग्गा खरिदमा भएको करोडौं अनियमिततामा आपुर्ति मन्त्रालय आँखा चिम्लेर बसेको छ । छानविन गरी प्रतिवेदन बुझाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनको समेत मन्त्रालयले अवज्ञा गरेको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।