मुख्य समाचार Archive

चौरजहारीमा पनि नगर बस सञ्चालन, सर्वसाधरण खुसी

रुकुम ,रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगर बस सञ्चालनमा ल्याएपछि सर्वसाधरण खुसी भएका छन्। नगर क्षेत्रका सर्वसाधारणलाई आवातजावतमा सहजता ल्याउन नगरपालिकाले तीन महिनाअघि नगर बस सञ्चालनमा ल्याएको हो। यसअघि पैदल वा सार्वजनिक सवारीसाधानमार्फत महँगोमा यात्रा गरिरहेका स्थानीयहरु

बाह्रबिसेमा जारी गरिएको कर्फ्यू आदेश फिर्ता

बाह्रबिसे,सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाएको अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यू) हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन

बल्ल राजीनामा दिन तयार उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं– उपसभामुख शिबमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् ।उपसभामुख

आज ओली र मोदीले एकीकृत भन्सार जाँचचौकी उद्घाटन गर्दै

मोरङ ,बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ। नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उनका भारतीय समकक्षी

त्रिभुवन विमानस्थलमा बुद्ध र यति एयरलाइन्सको जहाज ठोक्किए

सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको

हिमपातले गाउँमै थुनिए स्थानीय

म्याग्दी ,जिल्लाको धवलागिरी गाउँपालिका–१, गूर्जामा बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भएपछि आवतजावत प्रभावित हुँदा गाउँले नाकाबन्दीमा परेका छन्। समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जा पुग्ने जंगलमा करिव

कालापानी क्षेत्रलाई सडकसँग जोड्न तीव्रता

कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव­झुलाघाट­दार्चुला­टिङ्कर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिङ्करसम्म निर्माण गर्न लागिएको सो सडकको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ ।गृहमन्त्री रामबहादुर थापामगरले पुस

सर्वाधिक आकर्षक र शक्तिशाली अर्थ, गृह मन्त्रालयमा एकैपटक सचिव पद रिक्त

सर्वाधिक आकर्षक र शक्तिशाली मानिएका अर्थ, गृह मन्त्रालयलगायत महत्त्वपूर्ण निकायमा एकैपटक सचिव पद रिक्त हुने भएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनाल, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई र उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्य एकैपटक सेवा

जमुनाहाबाट ब्राउन सुगर सहित २ जना पक्राउ

नेपालगञ्ज, आइतबार नेपालगञ्जको जमुनहाबाट लागू औषध ब्राउनसुगर सहित दुइ जना पक्राउ परेका छन । आज भारतको रुपैडिहा बाट नेपालतर्फ ल्याउँदै लागू औषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेको लाई चेकजाँच गर्दा

कानून निर्माण गरेर सुकम्बासीको व्यवस्थापन गरिँने: मन्त्री अर्याल

धनगढी,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले पहिलो पटक कानून निर्माण गरेर सुकुम्बासी भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न खोजिएको बताएकी छिन् । प्रेस सङ्गठन नेपालले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुकुम्बासी, अव्यवस्थित