देश Archive

पछिल्लो २४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।

काठमाडौंमा थपिए २४०२ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी जम्मा २४०२ जना संक्रमित थपिएका छन् । यसअघि

सुनसरीमा भोलिदेखि मंसिर ६ गतेसम्मका लागि निषेधाज्ञा जारी
विराटनगर, सुनसरीमा चाडपर्वलक्षित गर्दै कोरोनाको बढ्दो संक्रमण नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सुनसरीले मठ-मन्दिरहरुमा हुनसक्ने भिडलाई लक्षित गर्दै स्थानिय प्रशासन ऐन बमोजिम २०२८, र संक्रामक रोग ऐन २०२० बमोजिम कार्तिक

बलात्कारीविरुद्ध अब कडा कानून ल्याइन्छः प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्माओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित

सुर्खेतका २२ वर्षीय युवकको मृत्युपछि कोरोना पुष्टि
सुर्खेत, कोरोना भाइरस संक्रमणबाट सुर्खेतको वीरेन्द्रनगरका एक २२ वर्षीय युवकको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिका–२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा

कोरोनाबाट सशस्त्र प्रहरी जवानको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो । उपचारको क्रममा बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु
मोरङ, मोरङको विराटनगरका एक संक्रमित वृद्धको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका- ३ बुद्ध चोकका कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको छ । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण
काठमाडौँ, नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम
काठमाडौं, सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ ।

