पत्रपत्रिका Archive

मिल्न सकिँदैन भने आ–आफ्नै गरौँः ओली

काठमाडौँ , नेकपाका दुई अध्यक्षमध्ये पार्टी फुट्ने कुरा कसले गर्यो ? पुष्पकमल दाहालले केपी शर्मा ओलीको उक्त आशयको अभिव्यक्ति निकट नेताहरुलाई सुनाएपछि राजनीति तरंगित भयो । तर, प्रधानमन्त्री ओलीले उक्त आक्षेपको तीर दाहालतिरै सोझ्याएका छन् ।

कोरोनाको औषधिमा कालोबजारीः ५ हजार ६ सयको औषधि ४० हजारमा बिक्री

काठमाडौँ,  आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ । स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा

कतारको नयाँ श्रम कानूनबारे सरोकारवालाबीच अन्तरक्रिया

दोहा,कतार सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक तथा कम्पनी परिवर्तन गर्न पाइने नयाँ नियमबारे सरोकारवालाबीच अन्तरक्रिया भएको छ ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले नेपाली समुदायसंग भर्चुअल माध्यमबाट अन्तरक्रिया गरेको हो । कतार सरकारले जारी गरेको

झन् चिसियो सम्बन्ध, ओली र प्रचण्डबीच भनाभन

काठमाडौँ ,नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा

कोरोना भाइरसको निरन्तर निःशुल्क परीक्षण गर्न सर्वोच्चको आदेश

काठमाडौँ , सर्वोच्च अदालतले कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचारको अनिवार्य व्यवस्था गर्न सरकारका नाममा जारी गरेको यसअघिको फैसला पुनरवलोकन नहुने आदेश गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट दर्ता भएको पुनरवलोकन निवेदनमा सुनुवाइ गर्दै

आएन सरकारी खाद्य कम्पनीको सहुलियतको चिनी, तिहार र छठमै अभाव हुने

काठमाडौं,  सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित गरी खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ३०

कोरोना संक्रमणः नेपालमा फैलियो, छिमेकमा घटे

काठमाडौं , सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका

मैले राजीनामा दिने भन्ने कुरा बेकारको होः प्रधानमन्त्री ओली

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । सत्तारुढ दल नेकपाभित्र आफूविरुद्ध घेराबन्दी भइरहेका बेला बुधबार प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिने भन्ने कुरा बेकारको भएको बताएका हुन् । ‘म कतै पसे

मेस्सीको गोलमा बार्सिलोनाको लगातार तेस्रो जित

एजेन्सी,च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा

दक्ष शिक्षक पाउन कठिन, पठनपाठनमा समस्या

काठमाडौँ ,यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक