दैलेखमा सडकमा रोकेको टिप्परसँग बस ठोक्किँदा १ जनाको मृत्यु, १४ घाइते

दैलेख, सडकमा रोकेर राखिएको टिप्परमा बस ठोक्किँदा दैलेखमा आज दिउँसो एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक ललित नेपाली छन् ।उनको घटनास्थलमै मृत्यु भएको छ। उनी सुर्खेतका हुन् । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी अनुपम श्रेष्ठका अनुसार सुर्खेतबाट दैलेखको जम्भुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस कर्णाली राजमार्गको तल्लो डुङ्गेश्वरमा टिप्परसँग ठोकिएको थियो ।

दुर्घटनामा अन्य १४ जना यात्रु घाइते भएका छन्।