Author Archive

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको सभामुखमा निर्वाचिन अग्नि सापकोटालाई पद तथा गोपनीयताको शपथ खुवाउन नहुने भन्दै धर्ना दिने १२ मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिइरहेका मानव अधिकारवादीहरुलाई प्रहरीलेनियन्त्रणमा

आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
काठमाडौँ, गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको छ ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश

सभामुख सँग चिनियाँ राजदूत यान्छीको भेट
काठमाडौँ, नवनिर्वाचित सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो। सापकोटा सभामुख निर्वाचित भएपछि भेट्ने उनी पहिलो राजदूत हुन्। सापकाटाले सोमबारै पदभार सम्हालेका हुन्।

हेलिकप्टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको निधन
लस एन्जलस, एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो । लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन

लाङटाङमा हराएका २ विद्यार्थीको शव भेटियो
नुवाकोट, लाङटाङ राष्ट्रिय निकुञ्जमा हराएका दुई विद्यार्थीको शव ११ दिन पछि फेला परेको छ । काठमाडौ गोकर्णेश्वर नगरपालिका–७ का १९ वर्षीय जापान तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–१ का १७ वर्षीय वाङगेल शेर्पाको शव गोसाइकुण्ड पदयात्राको बाटोमा

अब नेपालमै नोवेल कोरोना भाइरसको परीक्षण
काठमाडौँ, सरकारले नोवेल कोरोना भाइरसको प्रयोगशाला परीक्षण सोमबारदेखि मुलुकमै सुरू गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सोमबारदेखि परीक्षण सुरु भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अघिकारी राजेश गुप्ताले हाल टेकु अस्पतालबाट संकलित ३ वटा शंकास्पद नमुनाको

कस्ले पुर्यायो एकैरातमा एनसेलका दर्जनौं टावर माथि क्षेती ?
काठमाडौँ, काठमाडौँ लगायत दर्जन बढि ठाँउहरुमा रहेका एनसेलका टावरहरुमा एकैसमयमा आगजनी भएको छ ।आइतबार बिहान काठमाडौको चण्डेश्वरी, गुल्मीको धुर्कोट स्थित कोट, कपिलवस्तुको वाणगंगा नगरपालिका १० मेचकुरी, रुपन्देहीको शुद्धोदन गाउँपालिका सिसै, पाल्पाको बगनासकाली गाउँपालिका तानसेन, नवलपरासीको पाल्ही

नेविसंघका दुई पक्षबीच कांग्रेस पार्टी कार्यालयमै भयो झडप
काठमाडौं, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कुटाकुटमा उत्रिएका छन् ।सोमबार(आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झडप भएको हो । पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडौं, साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।

अन्सारीको घरमा राखिएको बम निष्क्रिय
पर्सा, वीरगन्जको नेशनल मेडिकल कलेजका निर्देशक (एमडी) बसुरुद्दीन अन्सारीको घरअघि राखिएको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। प्रेसर कुकरबाट तार निकालेर अन्सारीको घरको गेटैमा सो बम राखिएको थियो। शंकास्पद वस्तु भेटिएपछि अन्सारीको घरका