आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश
प्रकासित मिति : २०७६ माघ १३, सोमबार १५:२०
प्रकासित समय : १५:२०
काठमाडौँ, गायिका आस्था राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिइएको छ ।काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएका हुन् ।
गायिका राउत सोमबार बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएपछि उनीविरुद्धको कारबाही प्रक्रिया प्रहरीले अगाडि बढाएको थियो। राउत आफ्ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्।