Author Archive
आइसीसीको टि–२० बरियतामा सन्दिप एक स्थान माथि
काठमाडौं, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा

जावलाखेल चिडियाखाना आठमहिनापछि खुला
काठमाडौं, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठमहिनापछि स्वास्थ्य मापदण्ड अपनाइ खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । पुनः खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले

मोटरसाइकल दुर्घटना
काठमाडौं, मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २०

अपरणपछि ६ वर्षीया बालिकाको हत्या
रसुवा, रसुवामा अपहरणपछि एक बालिकाको हत्या भएको छ । हत्या हुनेमा कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङ रहेकि छन् । बालिकालाई हत्या गर्ने नुवाकोटको किस्पाङ गाउँपालिकाकी १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ
इटालीका नायक रोसीको निधन
एजेन्सी, सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार मृत्यु भएको छ । ६४ वर्षको उमेरमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । आरएआई टीभीले रोसीको निधन भएको पुष्टि गरेको हो ।

पत्रकारलाई मासिक चार हजार पेन्सन दिने तयारी
काठमाडौं, पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म निरन्तर लागिपरेका पत्रकारले उक्त सुबिधा पाउनेछन् ।
अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतले अर्काको नाममा परीक्षा दिने आठ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा प्राविधिक जवान सङ्गीततर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पूर्व राजदूत कमानसिंह लामाको निधन
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएको छ । दक्षिण कोरियाका लागि पूर्व राजदूत तथा पूर्व सांसद लामाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणपछि उपचारत

राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार
जनकपुरधाम, धनुषाका ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचार भएको छ ।सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र

यस वर्ष पशुपतिमा पुरातात्विक सामग्री प्रदर्शन नहुने
काठमाडौँ, प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य चीजबीज यस वर्ष नराखिने भएको छ । बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायत ऐतिहासिक, पुरातात्विक, धार्मिक र

