इटालीका नायक रोसीको निधन

एजेन्सी, सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार मृत्यु भएको छ । ६४ वर्षको उमेरमा उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । आरएआई टीभीले रोसीको निधन भएको पुष्टि गरेको हो ।

रोसीले सन् १९८२ को विश्वकपको दोस्रो चरणमा ब्राजिलविरुद्ध इटालीका लागि ह्याट्रिक गरेका थिए । यस्तै, सेमिफाइनलमा पोल्यान्डविरुद्ध प्राप्त २–० जितमा दुवै गोल उनले गरेका थिए । रोसीले सो विश्वकपमा गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । साथै, उनले त्यही वर्ष बालोन डेओर अवार्ड समेत जितेका थिए । उनले पूरै प्रतियोगितामा ६ गोल गरेका थिए ।

यस्तै, पश्चिम जर्मनीविरुद्ध फाइनलमा प्राप्त ३–१ जितमा पनि रोसीले नै पहिलो गोल गरेका थिए । उनले घरेलु फुटबलमा भने युभेन्ट्स र मिलानका लागि खेले । उनले दुई अवसरमा सिरी ए उपाधि तथा एकरएक युरोपियन कप र कोपा इटालिया जिते ।