Author Archive

साउदीबाट १५३ नेपाली काठमाडौं आइपुगे, दुवईबाट १४८ बोकेर उड्यो जहाज

काठमाडौं, कोरोना भाइरसको महामारीले साउदीमा अप्ठ्यारोमा परेका १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । १५३ जना नेपाली लिएर आएको हिमालय एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४५ मिनेटमा अवतरण गरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका

चीनले नियन्त्रणमा लिएका कर्णेलसहित १० भारतीय सैनिकलाई रिहा गर्यो

एजेन्सी, भारत र चीनको बीचमा सीमा क्षेत्रमा झड्पका क्रममा पक्राउ परेका १० भारतिय सैनिकलाई  नियन्त्रणमा लिएको खुलासा भएकाे छ ।   चीनले १ कर्णेल र ३ मेजरसहित १० भारतिय सेना नियन्त्रणमा लिए  रिहा गरेको छ । लद्दाखको

क्वारेन्टाइनमा आत्महत्या गरेका व्यक्तिमा कोरोना पुष्टि

बाजुरा, बाजुराको एक क्वारेन्टाइनमा आत्महत्या गरेका एक व्यक्तिमा दाहसँस्कार गरेपछि कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए ।

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम

काठमाडौं,  प्रभावकारी कदम चालिए पनि काठमाडौं उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या

झनै अलमलमा नागरिकता विधेयक

काठमाडौं,  अंगीकृत नागरिकताका सम्बन्धमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमा मत बाझिएपछि गत भदौ २८ गते संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भयो । २० मिनेटका लागि भनेर स्थगित भएको उक्त बैठक १० महिनापछि गत

सीमा नाकामा स्थायी बीओपी धमाधम थपिँदै

काठमाडौं,  सरकारले सीमा सुरक्षाका लागि भारत र चीनतर्फ गरी सशस्त्र प्रहरीको स्थायी बीओपी तत्कालका लागि २ सय २१ पुर्‍याउने गरी धमाधम काम अघि बढेको बताएको छ । सीमा सुरक्षा व्यवस्थापन गर्न भन्दै सशस्त्र प्रहरी बलको बीओपीको

अब एक साताभित्र सार्वजनिक सवारीबारे टुङ्गो लाग्ने

काठमाडौं, सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने विभागले जनाएको छ । यातायात सञ्चालनका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ

भैरहवा, चीनबाट आउनु पर्ने उपकरण र प्राविधिक जनशक्ति नआउँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा ढिलाइ भएको छ । यसअघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३४८

पोखरा, गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीका २, बाग्लुङका १४, कास्कीका ६ र स्याङ्जाका २ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै भारतबाट फर्किएका

बम्जनको आश्रममा प्रहरीको तेस्रो छापा, भेटिएनन् बम्जन

काठमाडाैँ, आफूलाई लिटिल बुद्ध भनेर दाबी गर्ने रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले छापा मारेको छ । प्रहरीले उनको आश्रममा छापा मारेको यो तेस्रो पटक हो। हत्या र बलात्कार अभियोगमा प्रहरीको फरार सूचीमा