Author Archive

देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचारत
काठमाडौं,देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भेन्टिलेटर र आइसियुमा गरी ३८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना

मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक आज साँझ बस्ने भएको छ ।प्रधानमन्त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु
काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो । बुधबार देशभर १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार

काठमाडौंमा थपिए १९३५ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् । यसअघि

२४ घण्टामा ३५६४ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

काठमाडौंमा सिलिण्डर बिस्फोट, ११ जना घाइते
काठमाडौं , काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । महानगरीय प्रहरी

बाँकेमा आज ६४ जना डिस्चार्ज
बाँके,बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो । असोज

सोह्रखुट्टेमा ग्यास विष्फोट
काठमाडौँ, काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी

गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै अध्यक्षमाथि कुटपिट
बैतडी, बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

