प्रधानमन्त्री शाह अमेरिकाको न्यूयोर्कमा
प्रकासित मिति : २०८३ आश्विन ७, बुधवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् । उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए। कतारको राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै उनी न्यूयोर्क पुगेका हुन् ।
प्रधानमन्त्री शाहले बिहीबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा उनले मुख्यगरी जलवायु परिवर्तनका विषयमा नेपालको धारणा राख्ने अपेक्षा गरिएको छ ।

