नेपालगञ्ज उपमहानगरपालिकाले रु. १ अर्ब ७६ करोडको बजेट पारित
प्रकासित मिति : २०८३ असार २८, आईतवार १२:४६
प्रकासित समय : १२:४६
नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिकाको १९औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि रु. १ अर्ब ७६ करोडको बजेट पारित गरेको छ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिरको विकास, १०८ फिट अग्लो हनुमान् मूर्ति निर्माण, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ।
त्यसैगरी, नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
पारित बजेटले नगरको दिगो विकास, राजस्व आय वृद्धि, सेवा प्रवाहमा सुधार, ताल तथा उद्यान संरक्षण, हरियाली प्रवर्द्धन र सञ्चालन हुने परियोजनाको प्रभावकारी अनुगमनलाई प्राथमिकतामा राखेको उपमहानगरपालिकाले जनाएको छ। — रासस

