आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको निधन
प्रकासित मिति : २०८३ असार २७, शनिबार १७:२५
प्रकासित समय : १७:२५
काठमाडौं — काठमाडौंको बुद्धनगरमा आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ।

प्रहरीका अनुसार शनिबार बिहान आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएपछि गम्भीर घाइते भएका राउतलाई तत्काल उद्धार गरी वीर अस्पताल लगिएको थियो। सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेकै क्रममा उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनी श्रीमती र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए।
घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

