भियतनाममा भारतीय पर्यटक बोकेको डुंगा दुर्घटनाग्रस्त
प्रकासित मिति : २०८३ असार २७, शनिबार १७:१६
प्रकासित समय : १७:१६
काठमाडौं — भियतनामको फु क्वोक द्वीप नजिक भारतीय पर्यटक बोकेको डुंगा दुर्घटनाग्रस्त भएको छ।

भियतनामस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत डुंगा दुर्घटनामा परेको पुष्टि गर्दै घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ।
दूतावासका अनुसार स्थानीय प्रशासनले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरेको छ। यद्यपि, डुंगामा कति जना पर्यटक सवार थिए वा दुर्घटनामा मानवीय क्षति भएको छ कि छैन भन्ने विवरण सार्वजनिक गरिएको छैन।
प्रभावित परिवारलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउन हो ची मिन्ह सिटीस्थित भारतीय महावाणिज्य दूतावासमा कन्ट्रोल रूम स्थापना गरिएको छ। साथै, राजधानी हनोइमा पनि समन्वयका लागि छुट्टै सहायता कक्ष सञ्चालनमा ल्याइएको दूतावासले जनाएको छ।
दुर्घटनाको कारण तथा थप विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

