किसानले धानको बिउ राख्न नपाएको भन्दै सरकारको ध्यानाकर्षण
प्रकासित मिति : २०८३ असार १५, सोमबार १३:१८
प्रकासित समय : १३:१८
काठमाडौं — किसानले समयमा धानको बिउ र मल नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गरिएको छ। नेकपा एमालेकी सांसद मिना सिंह रखालले राष्ट्रिय सभामा बोल्दै किसानले धानको बिउसमेत राख्न नपाएको अवस्था रहेको बताइन्।

आइतबार राष्ट्रिय सभाको बैठकमा उनले धान दिवसका अवसरमा शुभकामना दिँदै कृषि क्षेत्रमा देखिएको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताइन्।
उनले कतै पानीको अभाव र कतै अत्यधिक वर्षाका कारण किसान समस्यामा परेको उल्लेख गर्दै समयमा बिउ–मल उपलब्ध नहुँदा खेती प्रभावित भएको बताइन्।
सांसद रखालले “कृषि प्रधान देश” भन्ने मात्र पर्याप्त नभएको भन्दै किसानलाई आवश्यक सामग्री समयमै उपलब्ध गराउन सरकारलाई आग्रह गरिन्। अन्यथा उत्पादन घट्ने र किसानको आयमा प्रत्यक्ष असर पर्ने उनको भनाइ थियो।

