हाइटीलाई ३–० ले हराउँदै ब्राजिल समूह ‘सी’को शीर्ष स्थानमा
प्रकासित मिति : २०८३ असार ६, शनिबार ०८:४०
प्रकासित समय : ०८:४०
काठमाडौं, विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा हाइटीलाई ३–० गोलअन्तरले हराउँदै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ। आज बिहान भएको खेलमा ब्राजिलका म्याथेस कुन्हाले खेलको २३औँ र ३६औँ मिनेटमा गोल गरे भने पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले तेस्रो गोल गरे।

योसँगै ब्राजिल हाइविरुद्ध ३–० ले विजयी भएको हो। ब्राजिलका दुई खेलबाट ४ अंक भएको छ र अन्तिम ३२ मा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ।

