नेपाल–भारत सम्बन्धबारे मोदी–लामिछाने छलफल
प्रकासित मिति : २०८३ जेष्ठ २०, बुधबार १४:२३
प्रकासित समय : १४:२३
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा बुधबार भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा साझा विकासका विषयमा छलफल भएको हो।
भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत लामिछानेसँग भेट भएको जानकारी दिँदै नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्य आवश्यक रहेको बताएका छन्।
मोदीका अनुसार नेपाल भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो। उनले दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा लैजान भारत प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

