माक्सवाद जड होइन, निरन्तर समयको गतिसँगै अगाडि बढ्ने दर्शन हो : वक्ताहरू

काठमाडौं । वर्तमान सरकार जनविरोधी भएको भन्दै त्यसको विस्थापनका लागि सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरु एक हुनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

शुक्रबार काठमाडौंको संवाद डबलीमा नेकपा (बहुमत)ले ‘मक्र्सवादी सर्बोच्चता र पुँजीवादी विभ्रम’ विषयमा आयोजना गरेको अन्तरक्रियमा माक्र्सवादलाई पुराने वा जड देख्नेहरुको दृष्टिकोण गलत भएको दाबी समेत गरेका छन् ।

नेकपाव(बहुमत)का महासचवि धर्मेन्द्र बास्तोलाले नेपालमा माक्र्सवाद संवत समाजवादी व्यवस्थाको आधार वर्तमान सरकार भत्काउने दिशातिर उन्मुख भएको आरोप लगाएका छन् । नेपाली जनतालाई न्याय दिनुको सट्टा एकाधिकार पुँजीवादी व्यवस्थामार्फत जनतालाई शोषण गर्ने तानाशाही तन्त्रभएको भन्दै त्यसविरुद्ध संघर्ष गर्नुपर्ने बास्तोलाको मत छ ।

“विन विकल्प गैरकानुनी तबरबाट भूमिहीन दलित, सुकुम्बासी तथा आव्यवस्थीत बसोबासीको उठिबास लगाउने बालेनतन्त्रको तत्काल बहिरगमन जरुरी भयो” बास्तोलाले भने ।
पछिल्लो राजनीतिक घटना क्रमले नेपलाका सम्पूर्ण कम्युनिस्टहरु एक हुनुपर्नेमा जोड दिएका छन् ।

बास्तोलाले ‘बालेन’ सरकार घोषितरुपमै उदारवादी अर्थव्यवस्थामा आधारित रहेको र सो व्यवस्था गरिव तथा उत्पीडित जनतालाई थप शोषण तथा दमनउन्मुख रहेको आरोप लगाए ।
“अर्थमन्त्री जी संसदको रोष्ट्रमबाट ‘हामी नवउदारवादी पनि हैनौं, क्रोनिक क्यापाटलिस्ट पनि हैनौं, बरु उदारवादी हो’ भन्नुहुन्छ, जुन उदारवादले धनी र गरिवबीच विशाल खाडल खनेर दोस्रो विश्वयुद्ध भयो, पुनः लागु गर्ने, यो त माक्सवाद विरोधी भयो भएनर” बास्तोलाले प्रश्न गरे ।

“बालेन–शोर्णिम वाग्लेजीहरुले मुसोलिनी–हिटलर कालको व्यवस्था र शासन थोपर्न मिल्दैन” बास्तोलाले थपे । बास्तोलाले माक्र्सवाद जड नभई निरन्तर समयको बहावसँगै अगाडि बढ्ने दर्शन भएको भन्दै त्यसमाथि पुरानो भएको भन्ने संष्लेशणको औचित्य नरहेको जिकिर गरे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त ओलीले ‘उदारवादी पुँजीवादी’ बालेन सरकारले नेपाली जनतामाथि शोषण र दमन लादेको भन्दै त्यसविरुद्ध एक हुनुपर्ने धारणा राखे । ओलीले नेपाली क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवादलाई उचित ढंगबाट ग्रहण गर्न नसक्दा अवसर गुमाएको बताए ।

देशमा पछिल्लो समयमा माक्र्सवादी धारमाथि ठूलो प्रहार भएको सन्दर्भमा सबै क्रान्तिकारी कम्युनिस्टहरु एकता हुनुपर्नेमा जोड दिदै ओलीले भने,“हाम्रो आधार विचारमा भिन्नता छैन, सानासाना ‘नाङ्ले पसल’ जस्तैः तितरवितर हुनुभन्दा एकभएर क्रान्तिमा लाग्न पहल गर्नुपर्छ हाम्रो पार्टी तयार छ ।”

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कट्टेलले वर्तमान सरकार जेनजी संघर्षबाट आएको भएपनि सो पूर्णरुपमा विदेशी शक्तिको योजनामा परिचालित रहेको आरोप लगाए ।
“हामीले अहिले आएको सरकार नेपाली जनताबाट निर्वाचित भनिरहेकाछौं, यो वास्तबमा विस्तारवादी र साम्रज्यवादीको योजना लागु गर्न भाडाका मन्छेहरु हुन्” कट्टेलले भने ।

वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सचिवालय सदस्य येशु चौलागाईले नेपाली विशेषताको क्रान्तिकारी मोडल तयार गर्दा मात्रै देशमा माकर््सवाद सफल हुने बताए । उनले नेपालका क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवाद अनुसारको अवस्थालई ठम्याउन नसक्दा बारबार चुकेको दाबी गरे । नेपालमा भएका तमाम समस्याहरु हल गर्नका लागि सबै कम्युनिस्टहरु एक हुनुपर्ने धारणा राखे ।

नेकपा (बहुमत)का प्रवक्ता उदयबहादुर चलाउने (दिपक)ले कार्यपत्र प्रस्तुत गर्दै विश्वभर पुँजीवाद मरणासन्न हुने अवस्थामा पुग्दै गएकोले नेपालमा पनि माक्र्सवादीहरु एकजुटभएर क्रान्ति सम्पन्न गर्न तयार बन्नुपर्नेमा जोड दिए ।