सरकारको शैलीप्रति कांग्रेस आक्रोशित, जनतामा निराशा बढेको दाबी

काठमाडौं । नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै जनतामा निराशा बढ्दै गएको आरोप लगाएको छ।

आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले सरकारले बहुमतको बलमा एकतर्फी रूपमा निर्णय गर्दै आएको भन्दै आलोचना गरिन्।

उनका अनुसार सरकारको निर्णय प्रक्रियामा विपक्षी दलसँग पर्याप्त छलफल र संवाद नहुँदा लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको छ।
थापाले भनिन्, ‘उहाँहरूसँग बहुमत छ, तर छलफल र जवाफदेहिता अनिवार्य हो। अहिले त्यो देखिएको छैन। जनतामा निराशा बढ्दै गएको छ।’

कांग्रेसले सरकारलाई संसदमा संवाद, सहमति र पारदर्शिता बढाउन आग्रह गरेको छ।