ज्ञानोदय सामुदायिक पुस्तकालयको नेतृत्वमा प्राध्यापक एकराज शर्मा
कोहलपुर । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको नेतृत्वमा प्राध्यापक एकराज शर्मा निर्वाचित हुनुभएको छ । कोहलपुरमा सम्पन्न निर्वाचनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

निर्वाचनमा अध्यक्ष पदमा प्राध्यापक शर्माले ४७५ मतमध्ये ३२५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी सुष्मा शर्माले १३२ मत प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष पदमा राजेन्द्र बिष्टले २७३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने गीता देवी शर्माले १८० मत प्राप्त गर्नुभएको छ ।
सह-सचिव पदमा ईश्वर प्रसाद शर्माले ३०२ मतसहित विजय हासिल गर्नुभएको छ भने शर्मिला मल्लले १४१ मत प्राप्त गर्नुभएको छ ।
महिला सदस्यतर्फ मीना कुमारी बि.सी. ले ३१६ मत र लक्ष्मी कुमारी पौडेलले ३६३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने हरिकला अधिकारीले १११ मत प्राप्त गर्नुभएको छ ।
खुल्ला सदस्यतर्फ बिरेन्द्र कुमार शाहीले ३१३ मत, संगिन शर्माले ३३६ मत र जीलेदार थारूले २८७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । हेमराज बरालले १६९ मत र दीपक कुमीर राईले १४७ मत प्राप्त गर्नुभएको छ ।
उपाध्यक्षमा निर्मल आचार्य र सचिवमा रबिन्द्र सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।



