पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुला गर्ने निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खुला गर्ने निर्णय गरेको छ।

सोमबार अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। उनका अनुसार अब पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता पुनः सक्रिय हुने प्रक्रिया अघि बढाइनेछ।

बैठकमा महासचिव शंकर पोखरेलले ११ वटा एजेन्डा प्रस्तुत गरेका थिए, जसमा पदाधिकारीको वरियता, निर्वाचन समीक्षा, सरकारको कामकारबाही, सदस्यता नवीकरण तथा विस्तार, पदाधिकारीको कार्यविभाजन, संविधान संशोधन कार्यदल गठन, पार्टी कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटी गठन तथा संगठन विभागमा सदस्य मनोनयनलगायत विषय समावेश थिए।

पार्टीले जेठ ८ गते अर्को सचिवालय बैठक बस्ने जनाएको छ।