प्रधानन्यायाधीश सिफारिस विवाद चर्कियो, १६ उजुरी दर्ता

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन्।

समितिले उजुरीका लागि तोकेको १० दिने अवधिभित्र ती उजुरी दर्ता भएको संघीय संसद् सचिवालयले जनाएको छ। उजुरी दिनका लागि हुलाक, इमेल, प्रत्यक्ष उपस्थित भई निवेदन दिने तथा जिल्ला प्रशासन कार्यालयमार्फत समेत उजुरी दिन सकिने व्यवस्था गरिएको थियो।

संसदीय सुनुवाइ समितिको पूर्वनिर्धारित प्रक्रियाअनुसार उजुरीकर्ताले आफ्नो दाबी र कारण स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।
अब प्राप्त उजुरीहरू आगामी बैठकमा खोलिने र त्यसपछि अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरिने जनाइएको छ।