अमेरिका–चीन संवादपछि रूसको प्रवेश, पुटिन–सी वार्ता तय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच उच्चस्तरीय भेटवार्ता सम्पन्न भएलगत्तै अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि चीन भ्रमणमा जाने भएका छन्।

क्रेमलिनद्वारा जारी विज्ञप्तिअनुसार पुटिन मे १९ मा दुई दिने राजकीय भ्रमणका लागि बेइजिङ पुग्नेछन्। भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँग अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विस्तृत छलफल गर्ने कार्यक्रम रहेको छ।
वार्तापछि दुवै नेताबीच संयुक्त घोषणापत्रमा हस्ताक्षर हुने तयारी गरिएको छ। यसअघि ट्रम्प–सी भेटवार्तालाई दुवै पक्षले सकारात्मक र रणनीतिक रूपमा महत्वपूर्ण बताएका थिए।
तर ठूला व्यापारिक सम्झौता वा नयाँ आर्थिक सम्झौता भने सार्वजनिक गरिएको थिएन। यस्तो अवस्थामा पुटिनको चीन भ्रमणले अमेरिका–चीन संवादपछि विश्व शक्ति समीकरणमा रूसको भूमिकालाई थप सक्रिय बनाउने संकेत गरेको छ।

