सल्यानको भुसखोलामा ट्याक्टर दुर्घटना, दुई जना घाइते

काठमाडौं । सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक प्रदीप बिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका चालक प्रदीप बिकलाई उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका १७ वर्षीय टेकबहादुर बिकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने २२ वर्षीय विशाल बिकलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

ग्रामीण क्षेत्रमा सडकको अवस्था, सवारीको प्राविधिक जाँच र सुरक्षित यात्रा प्रणालीप्रति गम्भीर ध्यान नदिँदा यस्ता दुर्घटना बारम्बार दोहोरिरहेका छन् ।