मुख्यमन्त्रीको कारोबार शंकास्पद भन्दै अनुसन्धान अघि बढ्यो

काठमाडौँ । मुख्यमन्त्रीको आर्थिक कारोबार शंकास्पद देखिएको भन्दै सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ ।

इन्द्र बानियाँ का निवास तथा विभिन्न कार्यालयहरूमा हालै गरिएको छापापछि अनुसन्धान थप तीव्र पारिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले प्रारम्भिक जाँचका क्रममा उनको आर्थिक कारोबारसँग सम्बन्धित केही कागजात तथा विवरणहरू नियन्त्रणमा लिएर अध्ययन सुरु गरेको जनाएको छ ।

विभाग स्रोतका अनुसार प्राप्त कागजात र कारोबार विवरण शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान अघि बढाइएको हो। छानबिनको दायरा आवश्यकताअनुसार थप विस्तार हुन सक्ने पनि जनाइएको छ ।

यस विषयमा आधिकारिक रूपमा थप विवरण सार्वजनिक गरिएको छैन ।