गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । वर्तमान सरकारका गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन् । उनले आफूविरुद्ध उठेका प्रश्न तथा जनचासोलाई मध्यनजर गर्दै नैतिक जिम्मेवारी वहनस्वरूप राजीनामा दिएको बताएका छ न् ।

गुरुङले मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा नागरिक स्तरबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन् ।

उनले आफ्नो लागि पद भन्दा ठूलो कुरा नैतिकता र जनविश्वास रहेको उल्लेख गर्दै निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको स्पष्ट पारेका छन् ।

गुरुङले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।

साथै, उनले आम नागरिक, सञ्चारकर्मी र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन् ।