निर्वाचनमा रास्वपाको चमत्कारिक सफलता : डा. राजन भट्टराई
काठमाडौँ : नेकपा (एमाले) का सचिव डा. राजन भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालैको निर्वाचनमा देखिएको चमत्कारिक सफलता खोजतलास गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित निर्वाचन मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, ‘आजको शक्तिशाली दल त धेरै फरक हिसाबले आएको छ। उसको आउने तरिका नै चमत्कारिक छ। त्यससँग के के जोडिएका छन्, त्यो खोजतलासको विषय बाँकी नै छ।’
डा. भट्टराईले मुलुकमा बढ्दो भूराजनीतिक संवेदनशीलता तथा दलहरूबीचको मतभेदलाई मध्यनजर गर्दै राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताए। उनले आन्तरिक संवादमार्फत दलहरूले राष्ट्रिय हितमा अघि बढ्नुपर्ने र विदेशी प्रभावबाट मुलुकलाई जोगाउन पहल गर्नुपर्नेमा जोड दिएका छन्।
‘हाम्रो मान्यताहरू फरक हुन सक्छन्, तर राष्ट्रिय एकता कायम गर्न पहल गर्न सबैले जिम्मेवारी लिनुपर्छ। यो संवेदनशील समयमा राष्ट्रिय हितमा अघि बढ्न सबै दल एकजुट हुन आवश्यक छ,’ उनले भने।
कार्यक्रममा विभिन्न राजनीतिक तथा कूटनीतिक क्षेत्रका नेताहरूले पनि दलहरूबीचको संवाद र राष्ट्रिय हितमा सहकार्यको आवश्यकतामा आफ्नो धारणा राखेका थिए।

