दाङमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघले बुझाइयो ज्ञापनपत्र
तुल्सीपुर, दाङमा नेपाल कपडा तथा सिलाइ व्यवसायी संघले ज्ञापनपत्र बुझाएको छ । संघले कपडा तथा सिलाइ व्य्वसायीहरुका वर्तमान समस्याबारे प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला शिक्षा अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

कपडा तथा सिलाइ व्य्वसायीहरुका हक हित र समास्याका बिषयमा ज्ञापनपत्र बुझाएको संघका सचिव फत्ते परियारले जानकारी दिए । जिल्ला अध्यक्ष पदम नेपालीको अध्यक्षतामा बुझाइएको उक्त कार्यक्रममा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संयोजक सुरेन्द्र दर्नाल र केन्द्रीय सदस्य चुर्ण नेपाली लगायतको टिम सहभागी रहेको थियो । कार्यक्रममा जिल्ला महिला उपाध्यक्ष लीला नेपाली , कोषाध्यक्ष सुरेन्द्र परियार तुल्सिपुर नगर पुर्व अध्यक्ष करण परियार , नि अध्यक्ष पोषण रणपाल , सचिव तारा परियार
घोराही नगर अध्यक्ष राजु नेपाली , उपाध्यक्ष गणेश नेपाली सदस्यहरु लक्ष्मण सुनाम , टिकाराम नेपाली व्यवसायी तथा परियार सेवा समाज अध्यक्ष सन्तोष नेपाली , व्यवसायीहरु दिलिप सिंह चित्रकार , दिपक नगबाग लगायतको उपस्थिती रहेको थियो भने ज्ञापनपत्रको बारेमा प्रदेश संयोजक सुरेन्द्र दर्नालले प्रकाश पारेका थिए ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला शिक्षा अधिकारीले व्यवसायीहरुका समास्या सामाधानतर्फ ध्यान दिने बताएका थिए ।


