जाजरकोटको कुशे केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प

खलंगा, जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु कुशेको पैंक क्षेत्र आसपास रहेको बताइएको छ । पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युडको रहेको थियो । दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड  रहेको बताइएको छ ।

स्थानीयका अनुसार घरहरू चर्किए पनि मानवीय क्षति नभएको बताएको छ

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।