अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को जनजाती तर्फको केन्द्रीय उपाध्यक्षमा मुना थापा मगरले उम्मेदवारी दिएकी छन् ।
विद्यार्थी राजनीतिमा लामो समयदेखि क्रियाशील थापाले अखिल क्रान्तिकारीको जारी २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन प्रक्रियामा जनजातितर्फको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् । उनी अखिल क्रान्तिकारीमा निडर र स्पष्ट वक्ताको रुपमा परिचित छन् ।
‘अखिल क्रान्तिकारीलाई विद्यार्थीहरुको बलियो र निर्विकल्प संगठन बनाउनुपर्ने चुनौती हाम्रो काँधमा छ’ उम्मेदवारी दिएपछि थापाले भनिन्, ‘अखिल क्रान्तिकारीको शान र गौरवलाई बढाउनका लागि मैले उम्मेदवारी दिएको हुँ, देशभरका सबै क्रान्तिकारी साथीहरुले मत दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।’
कुशल संगठकको रुपमा आफ्नो पहिचान बनाउन सफल काभ्रे घर भएकी थापा क्रान्तिकारीका लोकप्रिय पात्र समेत हुन् ।
क्रान्तिकारीको विधान अनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।