त्रिपाठीमाथिको आक्रमण कानुनी राज्यकै उपहास : उप्रेती
काठमाडौं । राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथिको आक्रमणले लाोकतन्त्रको उपहास र कानुनी राज्यको धज्जी उडाएको भन्दै आक्रमणको निन्दा गरेकाछन् ।
काठमाडौं जिल्ला अदालतमा बहस सकेर फर्किनेबेला एक समूहले त्रिपाठीमाथि आक्रमण गरेको थियोे ।
सामाजिक संजालबाट आक्रमणको विरोध गर्दै उप्रेतीले घटनामा संग्लग्नलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेकाछन् ।
उप्रेती लेख्छन – “आफ्नो कानुन व्यवसायको संदर्भमा अदालतमा वहस गरेकै कारण कानुन व्यवसायीमाथि भएको हातपात निन्दनीय छ । यसले कानुनी राज्यको धज्जी उडाएको छ । कुनै पनि प्रकारका अराजकता, गुन्डागर्दी नेपाली समाजमा स्विकार्य हुन सक्दैन । अपराधिलाई तत्काल गिरफ्तार गरि कानुनी कार्यवाहीको लागि सरकार संग हार्दिक अपिल गर्दै अपराधका विरुद्द एक हुन काठमाडौवासी प्रती हार्दिक अपिल गर्दछु ।”
उप्रेतीले अपराधकाविरुद्व एक हुन काठमाडौवासीलाई अपिलसमेत गरेकाछन् ।