जति पिए पनि नअघाउने राराको त्यो सौन्दर्य : मनमोहक रारा

मुगु जिल्लामा पर्ने रारा ताल नेपालकै सबैभन्दा ठूलो ताल हो। ​समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ।

यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ।

नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीयस्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा समेत यो क्षेत्र सूचीकृत छ।

मन्सुरी, सिमला, काश्मिरको त के कुरा, स्विजरल्यान्ड नै लजाउने खालको जादूगरीले प्रणय–साधनामा तल्लीन भएकालाई मोहकताको पराकाष्ठामा पु¥याउने सामथ्र्य रारामा रहेको आभास हुन्छ। अशान्तिमा छटपटाइरहेकाले यहाँ सुशान्तिको भव्य विश्रान्ति पाउनेछन्।अध्यात्मको मार्गमा हिँडेकालाई किञ्चित् तन्मयताबाट पनि परमानन्दको रसानुभूति हुनसक्छ।

भिडियो कथा