बहुमतले भन्यो – हामीले मिटरव्याजिलाई जनकारवाही गरेको हो, नेकपा एमालेलाई होइन
काठमाडौं । झण्डै ३०० भन्दा बढि सर्वसाधारण जनताको घर जग्गा जाली तमसुक बनाएर कब्जा गर्ने नामुद सुदखोर, मिटरव्याजीका नायके भएको, मिटरब्याजी र सदुखोरको आरोपमा नेकपा (बहुमत) द्धारा कालोमोसो र जुत्ताको माला लगाएर ‘जनकारबाही’ गरिएका दुर्गा प्रसाद पन्थलाई केही दिन अघि कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गरिएको बिषयमा नेकपा एमालेको विरोध प्रति नेकपा (बहुमत) ले चेतावनी दिएको छ ।
दाङ कै नामुद सुदखोर मिटरव्याजी दुर्गा प्रसाद पन्थ लाई यहि असोज २९ गते हाम्रो पार्टीले कालोमोसो र जुत्ताकोमाला लगाएर जनकारवाही गरेको विषयमा नेकपा एमाले दाङ जिल्लाको समितीको नाममा कार्तिक ०९ गते जारि गरिएको विज्ञप्ती प्रति नेकपा (बहुमत) दाङ्गका सेक्रेटरी अमरले शनिबार एक प्रेस विज्ञप्ती नै जारी गरेर गम्भीर ध्यानाकर्षण भएको बताए ।
बहुमतला सक्रेटरी अमरद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा नेकपा एमाले जननेता मदन भण्डारी, मनमोहन अधिकारीले बनाएको पार्टी हो कि मीन बहादुर र मिटर व्याजी हरुलेः हामी नेकपा एमालेका इमानदार नेता कार्यकर्ता लाई एकपटक अध्यक्ष देखि उपसचिव सम्म लाइन लागेरै हस्ताक्षर गरेर निकालिएको विज्ञप्ति अध्यन गर्न अनुरोध समेत गरिएको छ ।
‘उक्त विज्ञप्तीले हामी लाई गम्भीर बनाएको छ भने सोच्न र सोध्न बाध्य पारेको छ कि नेकपा एमाले जननेता मदन भण्डारी, मनमोहन अधिकारीले बनाएको पार्टी हो कि मीन बहादुर र मिटर व्याजी हरुलेः हामी नेकपा एमालेका इमानदार नेता कार्यकर्ता लाई एकपटक अध्यक्ष देखि उपसचिव सम्म लाइन लागेरै हस्ताक्षर गरेर निकालिएको विज्ञप्ति अध्यन गर्न अनुरोध गर्दछौ। के यस विज्ञप्तीले नेकपा एमालेका इमान्दार नेता कार्यकतांको स्वाभिमानमा चोट पुगेको छैन ? हामी नेकपा एमाले लाई प्रष्ट पार्न चाहन्छौ। हामिले मिटरव्याजिलाई जनकारवाही गरेको हो। नेकपा एमालेलाई होइन। यदि मिटर व्याजिलाइ कार्वाही गर्दै गर्दा एमाले पार्टीलाइ दुख्छ भने हामी अझै दुखाइ रहने छौ। मिटरव्याजिको खातिरदारिमा पदाधिकारी मात्र किन पदाधिकारीका श्रीमान श्रीमती ज्युको हस्ताक्षर सहित विज्ञप्ती लेख्न तयार रहन पनि सुचित गर्दछौ ।’
सांकेतिक जनकारवाही गरेको १० दिन भित्र जनताको घरजग्गा फिर्ता गर्न दिएको निर्देशन अटेर गरेर सत्तासीन पार्टीको फेरो समाएर आफ्नो कालो कर्तुतलाइ पदां हाल्न खोज्ने, रणसंग्राममा मृत्युको प्रवाह नगरी जंगमा हिडेका योद्धाहरुलाई झुटो मुद्दा हालेर तर्साउन खोजेको भन्दै दुर्गा प्रसाद पन्थलाइ दोस्रो चरणको कार्वाही भोग्न तयार रहन समेत चेतावनी दिएको छ ।
त्यस्तै विज्ञप्तिको अन्तयमा, ‘यो या त्यो नाममा जनतालाइ वित्तिय शोषण गर्ने मिटरव्याजी तथा लुटेरा वित्तिय संस्थालाइ कानुनी कार्वाही गर्न तथा पिडित जनतालाइ न्याय दिन राज्यका निकायलाइ विशेष अनुरोध गर्दछौ। राज्यले जनतालाइ न्याय नदिने हो र मिटरव्याजी लाई कार्वाही नगर्ने हो भने हामी जनताको न्यायको लागि जनअदालत र जनसत्ता पुनःसुचारु गर्न बाध्य हुने व्यहोरा समेत अवगत गरादछौ ।’
कार्तिक ९ गते शुक्रबार नेकपा एमाले दाङ् जिल्लाको लेटरहेडमा पार्टी अध्यक्ष शिवकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव सूर्य बहादुर डाँगी (श्याम), उप-सचिव भुवनेश्वर पौडेल, उप-सचिव सिता चौधरीको संयुक्त हस्ताक्षरमा वक्तव्य जारी गरिएको थियो ।
उक्त विज्ञप्तिमा नेकपा बहुमतले दाङ जिल्लाकै नामुद सुदखोर र मिटरब्याजिको आरोप लगाएर कालोमोसो र जुत्ताको माला लगाएर जनकारबाही गरिएका दुर्गा प्रसाद पन्थ एमाले जस्तो गौरभाम्भित पार्टीमा लामो समय देखि क्रियाशिल भएको र हाल जिल्ला पार्टीको जिल्ला सल्लाहकार सदस्य भएको उल्लेख गरिएको छ ।
त्यस्तै एमालेद्धारा जारी उक्त वक्तव्यमा बहुमतको नाममा कानुन हातमा लिने र कानुनको धज्जि उडाउने काम भएको आरोप लगाउदैं पन्थलाई कालोमोसो र जुत्ताको माला लगाउने घटनामा संलग्न सबैलाई कारबाहीको माग समेत गरिएको छ ।
नेकपा एमालेको विज्ञप्ति