कुसेमा माओवादी घटकहरुको अन्तरक्रिया : एकतामा सबैको एकमत
जाजरकोट, कुसेमा माओवादी घटकहरुहरुले एकतामा सबै एक भएको बताएका छन । गत ७ गते पालिकाको भार्मामा भएको अन्तरक्रिया कार्यक्रममा सबैले अब एकताको बिकल्प नभएको बताएका हुन ।
माओबादी एकता आजको आवश्यक्ता बिषयक अन्तरक्रिया कार्यक्रममा माओबादीबाट टुटफुट भएका बिभिन्न घटकहरुको पार्टीका नेता कार्यकताको उपस्थीति रहेको थियो । माओबादी एकता आजकाृृ आवश्यक्ता बिषयक अन्तरक्रियामा मुलुक परिवर्तनमा माओबादी जनयुद्धको उलेख्यय योगदान भएपनि त्यसको कदर नभएको जिकिर गरेका थिए ।
अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका नेकपा माओबादी केन्द्र जाजरकोटका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गगन खड्का जिवनले बर्ग सघर्ष नसकिएको भन्दै जनयुद्ध जारी रहेको बताए । उनले चने हिजो हतियार सहित युद्धमा थियौँ आज हतियार बिहिन युद्धमा छौँ फरक यहि हो तर संघर्ष जारी छ ।
त्यस्तै कार्यक्रममा बोल्दै माोबादी केन्द्रका संयोजक टेक बहादुर रावलले अबको संघर्ष निर्वाचन रहेको बताए । जनयुद्धबाट प्राप्त उपलब्धीको संरक्षण अन्तत सत्ता नै रहेको भन्दै सबै माओबादी घटकहरु यसैमा केन्द्रित हुनुपर्ने बताए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य पौरख मल्ल माओबादीका नेता सुमन सायर,क्रान्तिकारी माओबादीका नेता बरुण सहतिका बक्ताहरुले अब माओबादी घटकहरुको एकताका बिषयमा ढिला नगर्न भन्दै नेतृत्वलाई खबरदारी गर्न जरुरी रहेको बताए ।