अर्थमन्त्री शाहलाई कुरीरहेको छेडा–थलह खारखोलाको त्यो मोटरेबल पुल !

जाजरकोट, कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्री यतिबेला जाजरकोट (प्रदेश ख) बाट निर्वाचित सांसद राजिब बिक्रम शाह छन । शाहको पोल्टामा कर्णालीको अर्थतन्त्र परेको छ भने जाजरकोट प्रदेश ख ले आफनै हातले मतदान गरेर जिताएर पठाएको प्रतिनिधिले अर्थमन्त्री पाएको छ । चुनौति र अवसरको दोसाँधमा पाएको अर्थमन्त्रालय शाहका लागि अग्नी परिक्षा बन्ने निश्चित छ ।

समाजसेवाबाट राजनितिमा हामफालेका शाह जाजरकोटबाट पटकपटक निर्वाचित प्रतिनिधि हुन ।  शाह सपना बाढ्दै चुनाव जित्छन तर सपना छेडाखोलासंगै बग्छन ।  (प्रदेश ख) बाट निर्वाचित शाहका क्षेत्रका अधिंकाश मोटरेबल पुलहरु बर्षौदेखि अलपत्र छन । ठेक्का सम्झौता भएपनि समयमै सरोकारवाला निकायको ताकेता नहुदा अधिकाँश मोटरेबल पुलहरु अलपत्र परेका छन ।

जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने अधिंकाशं मोटरेबल पुल निर्माण अलपत्र छन ।  अर्थमन्त्रीको ध्यान नजादा पुलहरु अलपत्र परेको स्थानियको भनाइ छ ।

छेडा थलह सडक खण्डको खारखोलाको निमार्णमा अलपत्र मोटरेबल पुल

छेडागाड नगरपालिकामा पर्ने छेडा थलह सडक खण्डको खारखोलाको निमार्णमा अलपत्र मोटरेबल पुल

केहिदिन अगाडि नेकपा समाजबादीका केन्द्रिय सदस्य कृष्ण बिसीले समाजिक सञ्जालमा भावुक स्टाटसमा लेख्दै भने (थलह सडक खण्डको खारखोलाको मोटरेबल पुल निर्माण प्रारम्भ भएको २ बर्ष नाघ्यो । यहि गतिमा प्रगति भए पश्चिम जाजरकोटले अझै केहि बर्ष सास्ति ब्यहोर्नु पर्ने निश्चित जस्तै छ । सरोकारवाला सबैको गम्भिर ध्यानाकर्षण होस ।

त्यस्तै वर्षेनी वर्षासँगै खोलामा पानी बढेपछि यातायात अवरुद्ध हुने गर्छ । कयौपटक मान्छे बगायो पशुचौपायको हिसाब छैन । तर पुल नहुँदा स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता भएको थलहका हरि बस्नेतले बताए । उनले भने शक्ति बस्नेतबाट मरेको आशा राजिब शाहबाट पुरा हुन्छ की भनेको नियती उहि दोहोरियो । पुल नबन्दा खोलाले बगाएर स्थानीयको ज्यानसमेत जाने गरेको छ । निर्वाचनका बेला घोषणपत्रमा पुलहरु बनिसक्छन तर निर्वाचनपछि भत्किन्छन ।   छिटोछरितो पुल निर्माण गर्न सरोकारवाला निकाय गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ ।