नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौमा

काठमाडौं । नेपालको राजनीति तरल अवस्थामा पुगेकाबेला उच्चस्तरीय चिनियाँ टोली काठमाडौ आइपुगेको छ ।

शनिबार बिहान चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका सदस्यहरु दलबलसहित काठमाडौं आइपुगेकाहुन । उनीहरु आज काठमाडौंमा हुने चीन–नेपाल सम्बन्ध, ट्रान्स हिमालय कोपरेशसन सम्बन्धी कार्यक्रममा सहभागी हुनेछन ।

सो कार्यक्रममा बिआरआईको कार्यान्वयन र बिआरआईसंग सम्बद्ध परियोजनाबारे उनीहरुले धारणा राख्नेछन् । सो टोलीले सरकारका मन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग पनि छलफल गर्नेछ ।