कर्णालीमा दोस्रो जवान जागृति शिखर सम्मेलन

सुर्खेत, विरेन्द्रनगर सुर्खेतमा संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन सुरर भएको छ । मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुरु भएको हो ।


कर्णाली इसाई एकता समाज सञ्जाल समिति र इसाई समाज सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको १० वटा जिल्लामा स्थापित चर्चहरुबाट प्रतिनिधि मुलक युवाहरु सहभागी हुनेगरी आयोजना गरिएको हो ।

शिखर सम्मेलनको आज पहिलो दिन कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेलले उद्घाटन गरेका छन । मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेश संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलनको सफलताको शुभकामना दिदै, कर्णालीका सबै धार्मिक समुदायका युवाहरु कर्णाली विकासमा लाग्नुपर्ने बताए ।

त्यसैगरी विशिष्ठ अतिथिको रुपमा कर्णाली प्रदेश उर्जा तथा जलस्रोत मन्त्री बिजया बुढा, प्रदेशसभा सदस्य, बलिमाया बुढा लगायतको आथित्यता रहेको थियो ।”

३ दिनसम्म आयोजित कार्यक्रममा कर्णाली इसाई एकता समाज सञ्जाल समितिका अध्यक्ष पास्टर पदम गरैको अध्यक्षता भएको शिखर सम्मेलन उद्घाटन समारोहमा विशिष्ट अतिथि तथा बक्ताको रुपमा, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष प्रकाश सुब्बा, नेपाल ख्रीष्टियन मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङ, रेभ। डा.नरीराम लुहार (बिनोद), पास्टर किरण दास लगायतका पास्टरहरू रहेका थिए ।