वीरेन्द्रनगरका चोकहरूमा “समस्याका कहर” नाटक प्रदर्शन

सुर्खेत, वीरेन्द्रनगर बडा दशै नजिकिँदै गर्दा वीरेन्द्रनगरका विभिन्न स्थानमा “समस्याका कहर” नामक सडक नाटक प्रदर्शन गरिएको छ ।

मण्डला ड्रामा स्कुलका बिद्यार्थीहरूद्भारा सडक नाटक प्रदर्शन गरिएको हो ।

आइतबार वीरेन्द्रनगर ११ को देउती बज्यै चोक, ८ को सिम्ताली चोक र वडा न ६ को पिपल चौतारीमा थुप्रै  दर्शकहरुको माझ नाटक “समस्याका कहर” प्रदर्शन गरियो ।
मशाल आर्टस, बागीना, आरङ्ग नेपाल, कणाली कला प्रतिष्ठान, श्रीनाथ अनलाईन, ड्याड्स प्राईड, डी के डान्स स्टुडीयोको सहकार्यमा नाटक मंचन गरिएको बिक्रम सचेतले जानकारी दिए । सचेतका अनुसार बिशाल कुमार केसीको निर्देशन रहेको नाटकमा समाजका बिबिध बिकृतिका बिषयमा प्रस्तुत गरिएको छ ।

कर्णालीका विभिन्न जिल्लाका १० जना प्रशिक्षार्थीहरुलाई १५ दिने नाट्य कार्यशालाको प्रशिक्षण प्रदान गरी समाजमा विधमान विषयहरुमा प्रशिक्षण दिइएको थियो ।

समाजका बिद्यमान बिकृतिका बिषयमा प्रस्तुत गरिएको नाटकमा बिशेष गरि पुरुष प्रधान सोच, सवारी साधनहरुमा उच्च भाडादर र महिला हिंसाका मुद्दा उठान गरिएको थियोे । उक्त नाटकमा कलाकारहरू रबिन्द्र तिवारी, किरण मगर, हरिकला थापा, धिरज खड्का, राजीब बोहोरा, हेमराज रिजाल, बिबेक , निरुता बस्नेत, अंशु थापाको अभिनय रहेको थियो ।