एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई

काठमाडौँ, एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले हात पारेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा हराउँदै कर्णालीले उपाधि हात पारेको हो।

लगातार पहिलो र दोस्रो सेट क्रमश २५–१७,२५–२० ले जितेको कर्णालीले तेस्रो र चौथो सेट भने २५–१२,२५–१८ ले गुमाएको थियो। अन्तिम तथा निर्णायक सेटमा कर्णालीले १५–१३ ले जित हात पार्दै उपाधि कब्जा गरेको हो।