माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्युु

सुर्खेत, घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट आएको माटोको ढिस्कोले पुरिएर हुम्लामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिकाका रोजगार शाखा सहसंयोजक रहेका अन्दाजी २५ वर्षीय प्राविधिक ध्रुव र सोही गाउँकी २४ वर्षीया मनसुरा मल्ल रहेका छन् ।

ताजाकोट गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापाको अनुसार ताँजाकोट गाउँपालिका–३ रामगाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए ।

माटो खन्नेक्रममा माथिबाट खसेको माटोको ढिस्कोमा परी उनीहरूको मृत्यु भएको थापाले कुसेन्युजलाई बताए ।

सँगै माटो लिन गएका सोही ठाउँमा अन्दाजी २६ वर्षीय लालबहादुर शाही घाइते भएको उनले बताएका हुन ।