विदेशी भूमिमा नेपालीहरुले प्रधानमन्त्रीप्रति देखाएको व्यवहारप्रति उप्रेतीको आपत्ति

काठमाडौं । अमेरिकामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा न्यूयोर्कमा आयोजना गर्न लागिएको स्वागत तथा भेटघाट कार्यक्रम रद्द भएपछि नेपाल त्यस सम्बन्धी चर्चा सुरु भएको छ ।

सरकार, सत्तारुढ दल, विपक्षी दलहरु र बुद्धिजिविहरुले प्रधानमन्त्रीको निर्धारित कार्यक्रम सुरक्षाका कारण रद्द भएपछि गम्भीर समीक्षा हुनेपर्ने मत राखिरहेकाछन । सत्तारुढ दलसहित विपक्षी दल र बुद्धिजिविहरुले यो विषयमा आ–आफनो प्रतिक्रिया दिन थालेकाछन ।

राप्रपा सह कोषाध्यक्ष शोभित उप्रेतीले देशका प्रधानमन्त्री विदेशी भूमिमा हँुदा विदेशी परिचय पत्रधारी र गैर कानुनी रुपमा विदेश बसेका नेपालीभाषीले देखाइएको व्यवहारप्रति निन्दा व्यक्त गरेकाछन । उनले यो व्यवहारको जति निन्दा गरेपनि कम नहुने उल्लेख गरेकाछन ।

उनले लेखेकाछन–‘ यो देशको राजनीति हामी देशमा वसेकाहरुले गर्छौ र समर्थन र विरोध पनि यहि गर्छौ । गैर नागरिक र अराजक हुललाई हाम्रो आन्तरिक मामलामा हस्ताक्षप नगर्न अनुरोध छ । जहाँ जानू भएको छ त्यही नै ईमानदार साथ काम गर्दा नै तपाईहरुको इज्जत र सम्मान वढ्छ । वैरिको आक्रमणप्रती हामी नेपाली एक भएर सामना गर्ने हाम्रो परम्परा रहिआएको स्मरण गराउन चाहन्छु । ’

नेता उप्रेतीले यति सानो कुरा व्यवस्थापन गर्न नसक्ने नेपाली दुतावास के गरेर वस्छ भन्दै प्रश्न पनि उठाएकाछन ।

नेपाली महावाणिज्यदूतावास,न्यूयोर्कले समारोहस्थलमा सुरक्षाको कारण देखाउँदै प्रधानमन्त्रीको नेपालीहरुसँगको भेटघाट कार्यक्रम स्थगन गरिएको जानकारी दिएको थियो ।