अखिल क्रान्तिकारी कर्णाली प्रदेशको अध्यक्षमा मानसिंह शाही

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मानसिंह शाही निर्वाचित भएका छन् ।

सोमबार वीरेन्द्रनगरमा भएको दोस्रो सम्मेलनबाट शाही निर्वाचित भएका हुन् ।

यस्तै संगठनको उपाध्यक्षमा हिक्मत शाही (शिक्षा क्याम्पस),दैलेखका हिक्मतबहादुर शाही, ध्रुव आचार्य शर्मा , मनिषा चन्द, प्रकाश विक, टिकाराम विक र अजय विष्ट निर्वाचित भएका छन् ।

यस्तै प्रमुख सचिवमा नारायण केसी, सचिवमा विष्णु भण्डारी, पदम शाही, शुक्रराज रावल र कोषाध्यक्षमा भुवन गौतम निर्वाचित भएका छन् । संगठनको प्रदेश कमिटी ७५ सदस्यीय बनाइएको छ ।