नेपालगन्ज टेलिभिजनले सुरु गर्यो चार दिने पत्रकारिता तालिम

नेपालगन्ज, बाँके । नेपालगन्जमा चार दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपालगञ्ज टेलिभिजनको आयोजनामा सुरु भएको तालिम नेपालगन्जको स्वस्तिक कटेजमा सुरु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले तालिमको उद्घाटन गर्दै तालिमले दक्ष पत्रकारहरु जन्माउने विश्वास व्यक्त गरे । तालिममा जानकी गाउँपालिका अध्यक्ष छप्पन खानले मन्तव्य राख्दै तालिम सफलताको शुभकामना व्यक्त गरे । त्यसैगरी बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङले पत्रकारितामा व्यवसायिकताको खाँचो रहेको बताए ।

राजा खानद्धारा प्रायोजित तालिममा नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सचिव प्रभात चलाउने प्रमुख प्रशिक्षक रहेका छन् भने टेलिभिजन प्रस्तोता भौतिक मल्ल, नेपाल टेलिभिजनका बरिष्ठ पत्रकार विजय बर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी प्रशिक्षकका रुपमा रहेका छन् । तालिममा ३० जनाभन्दा बढि प्रशिक्षार्थी रहेका छन ।