अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनील बटाला

बाँके, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) बाँकेको अध्यक्षमा सुनिल बटाला सर्वसम्मत चयन भएका छन् । बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन गर्दै मंगलबार अखिल क्रान्तिकारी बाँकेको २४औँ जिल्ला सम्मेलन सकिएको हो ।

जसको उपाध्यक्षमा शान्ति विक, उपेन्द्र आचार्य, भरत बुढाथापा, दिपेन्द्र शाही र सुवास मल्ल चयन भएको अखिल क्रान्तिकारी निर्वाचित अध्यक्ष बटालो जानकारी दिए ।

उनका अनुसार सचिवमा लक्ष्मण मानव, सहसचिवमा स्वसिका थारू, जनक शर्मा )विनोद), जनक विएल र ईश्वर चन्द सर्वसम्मत निर्वाचित भएका थिए । जिल्ला समितिको कोषाध्यक्षमा राम बर्मा चयन भएका छन् ।

अखिल क्रान्तिकारी बाँकेको २४औँ जिल्ला सम्मेलनको नेपालगन्जमा नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्तमान पुन अन्नतले उद्घाटन गरेका थिए ।